National life
cg eloctronics

हिम पर्वत हाइड्रोपावरको आईपीओ खुला, कसले दिन पाउँछन् आवेदन?

हिम पर्वत हाइड्रोपावरको सेयरमा आवेदन खुल्यो, कुन समूहका लागि कति कित्ता?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|११ कात्तिक २०८३, बुधबार
2.2kShares
हिम पर्वत हाइड्रोपावरको आईपीओ खुला, कसले दिन पाउँछन् आवेदन?
muktinatha bikash bank

काठमाडौं । हिम पर्वत हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीको आईपीओमा आजदेखि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाछुट्टै सेयर निष्कासन गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १६ लाख ९० हजार कित्ता सेयर छुट्याइएको छ। यसमध्ये १० लाख १४ हजार कित्ता दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नम्बर २, ३ र ४ का बासिन्दाका लागि छुट्याइएको छ।

बाँकी ६ लाख ७६ हजार कित्ता भने बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दालाई वितरण गरिनेछ।

everest bank

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन गरिएको छ। यसको कुल मूल्य ४ करोड २२ लाख ५० हजार रुपैयाँ रहेको छ। आवेदन दिन चाहने नेपालीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेको हुनुपर्नेछ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा सबै सेयर बिक्री नभए निष्कासन अवधि मंसिर १० गतेसम्म थपिने व्यवस्था छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने कात्तिक १६ गतेसम्म आवेदन दिने प्रारम्भिक समयसीमा तोकिएको छ। आवश्यक परेमा आवेदन दिने अवधि कात्तिक २५ गतेसम्म कायम रहनेछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखाबाट आवेदन दिन सक्नेछन्। यसबाहेक लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखाबाट पनि आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाले आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा र मेरो सेयर अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?