National life

३०.७५ अंकले बढ्यो नेप्से, कारोबार रकम ९ अर्ब २० करोड माथि

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१६ कात्तिक २०८२, आइतबार
1.1kShares
३०.७५ अंकले बढ्यो नेप्से, कारोबार रकम ९ अर्ब २० करोड माथि
ncell

काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ मा पुगेको हो ।

Royal Enfield
nic asia capital

आइतबार ३ सय १९ कम्पनीको २ करोड ९७ लाख ३८ हजार १ सय ३९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९.५१ रुपैयाँको कारोबार भएको । त्यस्तै २ सय ५ कम्पनीकोे सेयर मूल्य बढ्दा ४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर स्थिर रहेको नेप्सेले जनाएको छ ।

आज सबैभन्दा धेरै कारोबार हिमालयन बैंक लिमिटेड प्रमोटरको भएको छ । बैंकले आज १ अर्ब ६६ करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । बैंकको प्रतिकित्ता सेयर मूल्य १ सय ३१ रुपैयाँ रहेको छ ।

आज ७ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने खानी खोेला हाइड्रोपावरको ४.७६ प्रतिशत, एनआइसी एशिया फ्लेक्सी सीएपी फण्डको ४.०२ प्रतिशतले सेयर घटेको छ

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?