National life

सेयर बजारमा सामान्य सुधार, झण्डै ३ अर्बको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२४ वैशाख २०८३, बिहिबार
940Shares
सेयर बजारमा सामान्य सुधार, झण्डै ३ अर्बको कारोबार
ncell

काठमाडौं। आज सेयर बजारमा सामान्य सुधार देखिएको छ । बिहीबार नेप्से परिसूचक ६.९४ अंकले वृद्धि हुँदै २७१८.१६ विन्दुमा पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आजको कारोबारमा कुल ६६ लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९३ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारको समग्र अवस्थाअनुसार १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको मूल्य घटेको छ। त्यस्तै १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि देखिएको छ। कम्पनीको आज १७ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यस्तै नेशनल हाइड्रोपावरको १४ करोड ३४ लाख, रिलायन्स स्पिनिङ मिल्सको १४ करोड १५ लाख, सोलु हाइड्रोपावरको ८ करोड ५९ लाख तथा ङादी ग्रुप पावरको ८ करोड १५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
940SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?