National life

नेप्सेमा सोमबारदेखि नयाँ नियम लागू हुने, अब सेयरमूल्य १५% सम्म घटबढ हुन पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०४ वैशाख २०८३, शुक्रबार
1.6kShares
नेप्सेमा सोमबारदेखि नयाँ नियम लागू हुने, अब सेयरमूल्य १५% सम्म घटबढ हुन पाउने
ncell

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सोमबार (वैशाख ७ गते) देखि नयाँ कारोबार नियमहरू लागू हुने भएका छन्।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा गरिएको संशोधनअनुसार पाँच मुख्य परिवर्तन कार्यान्वयनमा आउनेछन्।

नयाँ व्यवस्थाअनुसार सूचीकरण भएका कम्पनीहरूको सेयर मूल्यमा हुने दैनिक उतारचढावको सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरिएको छ। अब एक दिनमा कुनै पनि कम्पनीको सेयर मूल्य अधिकतम १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, बजार खुल्नुअघि हुने प्रि–ओपन सेसनमा पनि मूल्य परिवर्तनको सीमा संशोधन गरिएको छ। बिहान १० बजेर ३० मिनेट देखि १० बजेर ४५ मिनेटसम्म सञ्चालन हुने उक्त सेसनमा अब सेयर मूल्य ५ प्रतिशतसम्म मात्र घटबढ गर्न पाइनेछ। यसअघि यो दायरा अझ कडा रहेको थियो, जसका कारण बजार खुल्ने समयमा मूल्य समायोजनमा समस्या देखिने गरेको बताइन्छ।

नेप्से इन्डेक्सको सर्किट ब्रेकर प्रणालीमा पनि परिवर्तन गरिएको छ। नयाँ प्रावधानअनुसार कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र सूचक ५ प्रतिशतले माथि वा तल गएमा कारोबार १५ मिनेटका लागि रोकिनेछ। यसअघि ४ प्रतिशत उतारचढावमा २० मिनेटका लागि कारोबार स्थगित गरिने व्यवस्था थियो।

त्यसपछि बजार पुनः खुल्दा यदि सूचक ८ प्रतिशतसम्म बढे वा घटेमा सो दिनको सम्पूर्ण कारोबार नै बन्द गरिनेछ। पहिले यो सीमा ६ प्रतिशत थियो।

यसैगरी, नियमित कारोबार समयमा प्रत्येक अर्डरमा लागू हुने मूल्य उतारचढावको सीमा पनि २ प्रतिशतबाट बढाएर ३ प्रतिशत पुर्याइएको छ।

यसबाहेक, पहिलो पटक ‘अफ्टर मार्केट अर्डर’ प्रणाली समेत लागू गरिने भएको छ। यस अन्तर्गत नियमित कारोबार समय सकिएपछि पनि लगानीकर्ताले सेयर किनबेचका लागि अर्डर राख्न सक्ने व्यवस्था रहनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?