National life

अनलाइन सट्टेबाजी नियन्त्रणमा कडा कदम, ७ हजार बढी एप र वेबसाइट बन्द

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२२ चैत २०८२, आइतबार
1KShares
अनलाइन सट्टेबाजी नियन्त्रणमा कडा कदम, ७ हजार बढी एप र वेबसाइट बन्द
ncell

काठमाडौँ। सरकारले अनलाइन सट्टेबाजी नियन्त्रणमा कडा कदम चालेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा अनलाइन सट्टेबाजी सम्बन्धी सात हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको छ।

अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजी एप तथा वेबसाइटहरू पहिचान गरी इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो। हालसम्म ७ हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भइसकेका छन्।

Royal Enfield
nic asia capital
पछिल्लो एक सातामा प्राधिकरणले टेलिफोन, इमेल तथा म्यासेजमार्फत ५० भन्दा बढी गुनासा प्राप्त गरेको छ।

मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकमा स्वीकृत शासकीय सुधारकार्यसूचीको बुँदा नम्बर ४२ अनुसार सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्न निर्देशन दिइएको थियो। सोही निर्णयअनुसार प्राधिकरणले विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सबै पहिचान भएका एप र वेबसाइट तत्काल बन्द गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?