काठमाडौं । शनिबार अयोजित राष्ट्रिय वाणिज्य बैंकको म्यानेजमेन्ट समिटमा अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालका बैंक वित्तीय संस्थाहरु उत्कृष्ट गरेको प्रष्ट पारेका छन् । उनले आफै कालो सूचीमा पर्ने, वित्तीय अराजकतामा समावेश हुने अनि बैकलाई गाली गर्ने प्रवृत्ती सैह्य नहुने बताएका हुन् ।
अर्थमन्त्री पुनले आगामी दिनमा निजी क्षेत्र र समाजले त्रसित हुन नपर्ने भाव व्यक्त गरेका छन् । अन्य संघ संस्थासँग तुलना गर्दा नेपालको बैंक वित्तीय क्षेत्र निकै सफा र पारदर्शी रहेको उनको भनाई छ ।
त्यस्तै,बैंकले गल्ति गरेको फेला परेमा बैंकलाई समेत कारबाही हुने बताउँदै उनले अकारण बैंक वित्तीय संस्थाहरुलाई समस्यामा पारेमा सरकार चुप लागेर नबस्ने बताए । उनले आगामी दिनमा वित्तीय सुरक्षामा सरकारले कडा निगरानी गर्ने बताए ।


































