National life

इलाम-२ मा सुहाङ नेम्वाङको प्रारम्भिक अग्रता, सुदिप राईसँग कडा प्रतिस्पर्धा

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२२ फागुन २०८२, शुक्रबार
885Shares
इलाम-२ मा सुहाङ नेम्वाङको प्रारम्भिक अग्रता, सुदिप राईसँग कडा प्रतिस्पर्धा
ncell

काठमाडौं। इलाम निर्वाचन क्षेत्र नम्बर- २ मा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले प्रारम्भिक अग्रता लिएका छन्।

हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार सूर्य चुनाव चिन्हका उम्मेदवार नेम्वाङले ४९१ मत प्राप्त गरेका छन्। उनी निकटतम प्रतिद्वन्द्वी भन्दा केही मतले अगाडि देखिएका छन्। नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदिप राईले पछ्याइरहेका छन्।

Royal Enfield
nic asia capital
माटो चुनाव चिन्हबाट प्रतिस्पर्धा गरिरहेका राईले ४४३ मत प्राप्त गरेका छन्।

प्रारम्भिक मतगणनामा यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० मत प्राप्त गरेका छन् भने घण्टी चुनाव चिन्हबाट प्रतिस्पर्धा गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोकुल राईले १७१ मत पाएका छन्। यस्तै, तारा चुनाव चिन्हबाट प्रतिस्पर्धा गरिरहेका नेकपाका उम्मेदवार ओम गुरुङले ५१ मत प्राप्त गरेका छन्।

मतगणना अझै जारी रहेकाले आगामी परिणामसँगै मतान्तरमा थप उतारचढाव आउन सक्ने बताइएको छ। इलाम–२ मा प्रमुख राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा भएकाले यस क्षेत्रको मतगणनालाई चासोका साथ हेरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
885SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?