National life

कबीर मन्दिर फेदीमा योग र ध्यानको कक्षा हुँदै, यस्तो छ योगको महत्त्व

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ वैशाख २०८१, बिहिबार
651Shares
कबीर मन्दिर फेदीमा योग र ध्यानको कक्षा हुँदै, यस्तो छ योगको महत्त्व
ncell

काठमाडौं । नेपाली नयाँ वर्षको सुरुवातसँगै तारकेश्वर ३ फेदीमा अवस्थित कबीर मन्दिर आश्रममा योग साधना संचालन भइरहेको छ । उक्त साधना जीवन विज्ञानको तत्वाधानमा हरेक दिन संचालन भइरहेको छ ।

आश्रममा हरेक दिन योग तथा ध्यान ५ बजेदेखि साढे ६ बजेसम्म अभ्यास संचालन भइरहेको योग गुरु सुमन घिमिरेले बताएका छन् । घिमिरेले भने,ʻकुनै पनि व्यक्तिको जीवनमा योग र ध्यानको विशेष महत्त्व छ ।

Royal Enfield
nic asia capital
योग भनेको स्वस्थ रहनका लागि हो भने ध्यान चाही शान्त बन्नका लागि हो । जसले नियमित यी दुई कुराको साधना गर्छ त्यस्ता व्यक्तिले आफ्नो जीवनमा जोस र समृद्धि हासिल गर्दै जान्छ ।’

घिमिरेले योग र ध्यान हरेक व्यक्तिको जीवनमा अपरिहार्य हुने बताएका छन् । उनले यस्तो अभ्यास बच्चा, वयस्क तथा वृद्ध सबैको जीवनमा आवश्यक हुने भएकाले यस्तो अभ्यास केही महिना संचालन गरिने घिमिरेले बताए।

त्यस्तै, आगामी पुस्ताका लागि पनि योग, ध्यानको महत्त्व सिकाउन अत्यन्तै जरुरी रहेको उनको भनाई छ । उक्त कबीर मन्दिर आश्रममा विभिन्न १८ विधिमा योग र ध्यानसँग सम्बन्धित ज्ञान गुणको कुराहरू सिकाइन्छ ।

यस्तो छ योगको महत्त्व

योग शब्द संस्कृतको युज्’ धातुबाट निर्मित छ, जसको अर्थ जोड्नु हुन्छ । आत्माको परमात्मासगको मेल वा जोड नै योग हो । योगले मानवीय चेतनाको अघिकतम विकास गरी सम्र्पूण जगतको रहस्य सिकाउदै आनन्दको उच्चतम अनुभूति गराउछ । महर्षि पतञ्जलिका अनुसार चिक्तकावृक्तिको निरोघ नै योग हो । योग वशिष्ठका अनुसार मनको प्रशमन गर्ने उपाय योग हो । मानव अस्तित्वमा ५ तह हुन्छन् , जसलाई पञ्चकोष भनिन्छ । तैत्तरीय उपनिषदका अनुसार पञ्चकोषमा अन्नमयकोष, प्राणमय कोश, मनोमय कोष, विज्ञानमय कोष, आनन्दमय कोष स्थूलदेखि सूक्ष्मसम्म पर्दछन् ।

यी सम्र्पूण तहको सन्तुलन गर्दै सबै तहबाट माथि उठ्दै चेतनाको उच्चतम अवस्थामा पुग्नु नै योगको लक्ष्य हो ।

योग परम्परागत चिकित्सा पद्धति र जीवनशैली हो । यो वैज्ञानिक र व्यवहारिक छ । त्यसैले आत्म अनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग आवश्यक छ । योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने काम गर्छ । मानिसका मनमा राम्रा–नराम्रा अनेक वृत्ति, उत्पत्ति र लय उत्पन्न भएका हुन्छन् । त्यसैले मनमा सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गर्नुपर्दछ ।

वर्तमान समयमा योग एक वैकल्पिक चिकित्साको रुपमा आएको छ । योग कुनै नयाँ विषयवस्तु नभएर वैदिक कालदेखि चलिआएको विषय हो भन्ने कुरा वेद ,श्रीमदभागवत गीता, उपनिषद, पुराण आदि पुरातन ग्रन्थहरुमा उल्लेख भएका विषयवस्तुबाट स्पष्ट भएको छ ।योग एक व्यावहारिक विज्ञान र जीवन जिउने कला भएका कारण योगले व्यक्तिको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने गर्दछ ।

मानव जीवनमा योगको महत्व शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक र नैतिक दृष्टिकोणले रहेको छ । दैनिक जीवनका प्रत्येक क्रियाकलापमा योगको प्रभाव पर्ने गर्दछ । नियमित दिनचर्या, रात्रीचर्या र ऋतुचर्या जस्ता कुरालाई नियमित गर्न योगले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

इन्टरनेशनल योग फेडेरेशनका अनुसार विश्वभरी ३० करोड मानिसहरुले योग अभ्यास गर्दछन् ।

यो समाचार शेयर गर्नुहोस्
651SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?