National life
cg eloctronics

कास्कीमा पहिरोले घर बगाउँदा सात जनाको मृत्यु, त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ असार २०८१, शुक्रबार
559Shares
कास्कीमा पहिरोले घर बगाउँदा सात जनाको मृत्यु, त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी जारी
ncell

काठमाडौं । अविरल वर्षाको कारण कास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर बगाउदा सातजनाको मृत्यु भएको छ। उक्त पहिरोमा दुईजना घाइते भएका छन्।

पोखरा-१९ पुरनचौरमा घर माथिबाट आएको पहिरोले घर बगाउदा सातजनाको ज्यान गएको कास्की प्रहरी कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा ज्यान गुमाउने र घाइतेको परिचय भने खुल्न सकेको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। निरन्तर रुपमा वर्षा भैरहेको कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

साथै नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन्। बसमा चालकसहित ६३ जना रहेको अनुमान गरिएको छ ।

आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् ।

प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?