काठमाडौं । ‘रेम्बो’ उपनामले चिनिने कोर्तु गुरुङलाई गुण्डागर्दी सम्बन्धी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका–१७ पकनाजोल निवासी ४० वर्षीय गुरुङलाई गएराति ठमेल क्षेत्रबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार हाल उनीमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।






































