काठमाण्डौ । पाचौंपटक विश्वासको मत लिन असफल बनेका प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् ।
शुक्रवारका दिन प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै दाहाल पदमुक्त भएका हुन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संविधानको धारा १०० (२) बमोजिम आज विश्वासको मत मागेका थिए ।
२९६ मत मध्यमा प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र परेको छ। उनको विपक्षमा १९४ मत परेको छ । दिन्न भन्नेमा १ मत परेको छ। बहुमतका लागि १३८ मत आवश्यक पर्छछ ।
दाहाल २०७९ पुस १० गते प्रधानमन्त्री बनेका थिए । यसबीचमा उनले ४ विश्वासको मत लिएका थिए । पहिलो पटक गत पस २६ पुसमा विश्वासको मत लिँदा उनले २६८ मत र दोस्रो पटक गत चैत ६ मा १७२ मत पाएका थिए ।
भने तेस्रो पटक गत फागुन ३० मा र चौथो पटक ७ जेठमा समान १५७ मत पाएका थिए । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गर्ने छन् ।






































