National life
cg eloctronics

प्रचण्डको टिप्पणी– सरकारका काम हिन्दी जासुसी फिल्मजस्तो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२० दिन अगाडि|२१ कात्तिक २०८३, शनिबार
1.6kShares
प्रचण्डको टिप्पणी– सरकारका काम हिन्दी जासुसी फिल्मजस्तो
muktinatha bikash bank

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका कामकारबाही हिन्दी जासुसी सिनेमाजस्तो भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले हिन्दी जासुसी फिल्ममा हुँदै नभएको र हुँदै नहुने काम देखाउने गरेको स्मरण गर्दै सरकारका कामहरू पनि त्यस्तै हुँदै गएको टिप्पणी गरे ।

‘सरकारका कामकारबाही हेर्दा हिन्दी जासुसी फिल्म हेर्दा देख्नुभएको होला, हुँदै नहुने कामहरू भएको देखाउँछ नि त्यस्तै छ सरकारको कामकारबाही,’ उनले भने, ‘कतिबेला कुन पत्रकार समाइने हो, कुनमाथि हमला हुने हो, कुन नोकरशाही कर्मचारीतन्त्रमाथि के हुने हो, नेतामाथि के हुने हो, कता के हुने हो भन्ने कुराको टुंगो केही पनि छैन । आफैं आफैं यस्तो अवस्था सिर्जना भएको छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3

उनले पुराना दलहरूमाथि अहिलेको सत्ता र नयाँ पुस्ताले नकारात्मक टिप्पणी गर्ने गरेकोप्रति आपत्ति जनाए ।

‘तिनीहरू भन्छन् फेरि यो गणतन्त्र ल्याउने, पूर्वाधार बनाउने, ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउनेहरूले केही पनि गरेनन्, यी बदमास हुन् अपराधी मात्रै हुन् भन्न खोजिन्छ,’ उनले भने ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?