काठमाडौं। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार, “अदालतले पक्राउ अनुमति दिइसकेको छ तर दुवै नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन।” हाल उनीहरू विदेशमा रहेका छन्।
यसअघि जेनजी आन्दोलनका बेला देउवाको बुढानीलकण्ठस्थित घरमा नगद फेला परेको विषय सार्वजनिक भएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो। विभागको पत्राचारपछि हाल यस अनुसन्धानलाई सीआईबीले अघि बढाएको छ।
































