काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुख्यसचिव डा.बैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुख्यसचिव अर्याल बिरुद्ध मुद्दा दायर भएसँगै उनी पदबाट निलम्बित भएका छन् । टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको उनी सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सञ्चार मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्य कोषमा अर्बौँ रुपैयाँ क्षति पुग्ने गरी विभिन्न निर्णय गरेको भन्दै उनी विरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो।

































