National life

राहदानी खरिद प्रकरण: महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

यसै विषयसँग जोडिएका व्यवसायी सिद्धार्थ थापा पनि सुरक्षाकर्मीको निगरानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०२ असार २०८३, मङ्गलबार
1.3kShares
राहदानी खरिद प्रकरण: महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा
ncell

काठमाडौँ। राहदानी खरिद प्रक्रियामा अनियमितताको आशंकामा अनुसन्धान अघि बढाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

सुरक्षा स्रोतका अनुसार उक्त प्रकरणसँग सम्बन्धित शंकास्पद आर्थिक कारोबारको छानबिनका क्रममा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। यसै विषयसँग जोडिएका व्यवसायी सिद्धार्थ थापा पनि सुरक्षाकर्मीको निगरानीमा रहेका छन्।

अख्तियार स्रोतले राहदानी खरिद प्रक्रियामा देखिएको संभावित अनियमितताबारे कागजात, वित्तीय विवरण र अन्य प्रमाणहरू संकलन गर्दै विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल दुवै व्यक्तिसँग प्रारम्भिक सोधपुछ भइरहेको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान अघि बढाइने जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?