National life

बीपी र मदनको नाममा बजेट नदिँदा कांग्रेस–एमालेले नगरसभा बैठक बालेनले रोके

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ असार २०८१, शुक्रबार
468Shares
बीपी र मदनको नाममा बजेट नदिँदा कांग्रेस–एमालेले नगरसभा बैठक बालेनले रोके
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले कांग्रेस र एमालेका नेताका नाममा करोडौँको कार्यक्रम गर्न नमन्दा नगरसभा बैठक रोकिएको जानकारी दिएका छन्।

शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत मेयर शाहले कांग्रेसका संस्थापक बीपी कोइराला र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बजेट छुट्टाउन नमान्दा नगरसभा बैठक रोकिएको बताए । ‘एमाले, कांग्रेसले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ,’ उनले लेखेका छन् ।

Royal Enfield
nic asia capital

स्वतन्त्र सेनानी सहिदहरू भन्दा आफ्नो नेताहरूको योगदान धेरै देखेको मेयर शाहको आरोप छ । ‘सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ,’ उनले भने ।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?