National life

सुस्ता घटनाविरुद्ध विद्यार्थीहरूको प्रदर्शन, बालेनको अभिव्यक्तिको विरोध

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गतिविधिविरुद्ध उनीहरूले प्रदर्शन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|३१ जेठ २०८३, आइतबार
1KShares
सुस्ता घटनाविरुद्ध विद्यार्थीहरूको प्रदर्शन, बालेनको अभिव्यक्तिको विरोध
ncell

काठमाडौँ । माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विचारधारासँग सम्बद्ध विद्यार्थी सङ्गठनले आइतबार विरोध प्रदर्शन गरेका छन्।

प्रधानमन्त्री बालेन शाहले दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्ति तथा सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गतिविधिविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध र भारतीय हस्तक्षेपको विरोधमा नाराबाजी गरेका थिए। ‘मलाई बोल्न दे सरकार’, ‘भारतीय साम्राज्यवाद मुर्दावाद’, ‘सुस्तामा एसएसबीको बुट छाप’ लगायतका नारासहित उनीहरूले असन्तुष्टि व्यक्त गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विद्यार्थीहरूले सीमा सम्बन्धी विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न तथा राष्ट्रिय स्वाभिमानको रक्षा गर्न सरकारलाई दबाब दिन प्रदर्शन गरिएको बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?