National life

रकम हिनामिना प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागले बैंकसँग माग्यो रवि र जीबीको विवरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ फागुन २०८०, बुधबार
504Shares
रकम हिनामिना प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागले बैंकसँग माग्यो रवि र जीबीको विवरण
ncell

काठमाडौँ । सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र हाल फरार रहेका ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक गीतेन्द्रबहादुर राईको बैंक खाता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्बन्धित बैंकहरुसँग माग गरेको छ।

विभागले २०८० माघ ८ गते बैंकहरुलाई पत्र पठाउँदै २० वटा बैंकहरुलाई पत्र लेखेर बैंक खाता भए नभएको पुष्टि गर्दै भएमा कस्तो खाता छ भनी विवरण सहित खुलाएर पठाउन निर्देशन गरेको छ ।

विभागले बैंक खाताको सबै विवरण, बैंक स्टेटमेन्ट, खाता खोल्दा पेश गरेका कागजात र हालको मौज्दात रकमको समेत विवरण खुलाएर पठाउन भनेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री मातहतमा रहेको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?