National life

आफन्तलाई नियुक्ति दिलाउनतिर नलाग्न कार्यकर्तालाई रविको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२७ चैत २०८२, शुक्रबार
1.5kShares
आफन्तलाई नियुक्ति दिलाउनतिर नलाग्न कार्यकर्तालाई रविको चेतावनी
ncell

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना दलका सांसदहरूलाई नातागोता वा चिनेजानेकालाई पदमा नियुक्त गराउन दबाब नदिन स्पष्ट निर्देशन दिएका छन्। सिंहदरबारस्थित संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।

बैठकमा सहभागी एक सांसदका अनुसार लामिछानेले ‘आफन्त र साथीभाइका लागि नियुक्ति खोज्ने प्रवृत्तिबाट टाढा रहनु’ भन्ने निर्देशन दिएका थिए। साथै, आफूहरू युवापुस्ताको संघर्ष र बलिदानबाट यस स्थानमा पुगेको भन्दै त्यसलाई नबिर्सन पनि उनले स्मरण गराए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले ‘जेनजी पुस्ताको योगदानले हामी यहाँ आइपुगेका हौँ’ भन्ने धारणा राख्दै जिम्मेवारीपूर्ण व्यवहार गर्न सांसदहरूलाई सचेत गराएका छन्। उक्त बैठकमा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहको पनि उपस्थिति थियो। प्रधानमन्त्री बालेनले त्यहाँ यस विषयमा कुनै प्रतिक्रिया जनाएनन्।

यसैबीच, बैठकले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?