National life

शिक्षिकाले सरुवा माग्दा शिक्षा शाखा अधिकृतद्वारा ‘शारीरिक सम्बन्धको प्रस्ताव’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
569Shares
शिक्षिकाले सरुवा माग्दा शिक्षा शाखा अधिकृतद्वारा ‘शारीरिक सम्बन्धको प्रस्ताव’
ncell

काठमाडौँ । मोरङ कानेपोखरी गाउँपालिका शिक्षा शाखा अधिकृत वेगबहादुर काफ्लेले महिला शिक्षिकालाई सरुवा मिलाउन शारीरिक सम्बन्ध प्रस्ताव गरेको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ ।

नेपाल शिक्षक महासङ्घ जिल्ला समिति मोरङका अध्यक्ष कुमार पोखरेल र सचिव प्रेमप्रकाश कोइरालाको हस्ताक्षर सहितको विज्ञप्ति प्रकाशित गर्दै काफ्लेलाई कानुन बमोजिम कारबाही गर्न कानेपोखरी गाउँपालिका तथा अन्य सम्बन्धित निकायमा ध्यानाकर्षण गराएको छ ।

‘मोरङ जिल्ला कानेपोखरी गाउँपालिकाका शिक्षा अधिकृत वेगबहादुर काफ्लेले शिक्षकले जिल्लान्तर सरुवाको सन्दर्भमा एक महिला शिक्षकसँग शारीरिक सम्बन्धको प्रस्ताव राखेको विषय उल्लेख भएको सामाजिक सञ्जाल म्यासेन्जर च्याटका स्क्रिन सटसहित सम्बन्धित महिला शिक्षकबाट नेपाल शिक्षक महासङ्घ जिल्ला समिति मोरङमा प्राप्त भएको निवेदनमा उल्लेख भएको घटनाप्रति नेपाल शिक्षक महासङ्घ मोरङको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ।

साथै सेवाग्राहीलाई निःस्वार्थ सेवा दिनुपर्ने कर्मचारीबाट भएको यस्तो व्यवहारको उचित छानबिन गरी दोषी ठहरिए प्रचलित कानुन बमोजिम कारबाही गर्न कानेपोखरी गाउँपालिका तथा अन्य सम्बन्धित निकायहरूमा ध्यानाकर्षण गराउँदै न्याय निरूपणका सन्दर्भमा नेपाल शिक्षक महासङ्घ जिल्ला समिति मोरङ पीडितका पक्षमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Royal Enfield
nic asia capital

‘पदीय मर्यादा, निजामती सेवाको आचरण र आचारसंहिता विपरीत सरकारी कर्मचारीबाट भएको यस्तो निन्दनीय हर्कतप्रति खेद प्रकट गर्दछौँ । काफ्लेले एक महिला शिक्षिकाले भनेको ठाउँमा सरुवा मिलाउन अनुचित प्रस्ताव गर्दै म्यासेज गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?