National life

शिवश्री हाइड्रोपावरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२३ असोज २०८२, बिहिबार
523Shares
शिवश्री हाइड्रोपावरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाडौं । शिवश्री हाइड्रोपावरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ १९ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु।१०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गरेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।

Royal Enfield
nic asia capital
यसर्थ, साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यपिटलका साथै सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगञ्ज,सुर्खेत, जनकपुर नारायणगढ,धनगढी, पोखरा(न्यूरोड),बुटवल र हेटौडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन ४ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?