National life

श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको आईपीओ बाँडफाँड,३ जनाले पाए ११ कित्ता शेयर

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१२ कात्तिक २०८२, बुधबार
381Shares
श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको आईपीओ बाँडफाँड,३ जनाले पाए ११ कित्ता शेयर
ncell

काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ९८ हजार ३३३ आवेदकबाट २ करोड ५ लाख ६८ हजार २१० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

Royal Enfield
nic asia capital

यसमध्ये १८ लाख ६९ हजार ३३० आवेदन सदर र २६ हजार ६३६ आवेदन बदर भएको छ । यसरी कुल सदर आवेदकबाट २ करोड २ लाख ५० हजार ५१० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल सदर आवेदकमध्ये २ लाख ५१ हजार ४९ जनालाई १० कित्ताका दरले २५ लाख १० हजार ४९० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ३ जनालाई थप एकरएक कित्ताका दरले थप ३ कित्ता बाँडफाँड गरिएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
381SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?