National life

सगरमाथा जलविद्युतको खुद नाफा बढ्यो ,प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ माघ २०८०, शुक्रबार
501Shares
सगरमाथा जलविद्युतको खुद नाफा बढ्यो ,प्रतिसेयर आम्दानी कति ?
ncell

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले ६ करोड ५९ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २१.९७ प्रतिशतले धेरै हो ।

Royal Enfield
nic asia capital
गत आर्थिक वर्षको पुससम्म यस कम्पनीले ५ करोड ४० लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ३३ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको १५ करोड ९७ लाख को तुलननामा २.२६ प्रतिशतले बढी हो ।

कम्पनी प्रशासनिक खर्च घटाउन सफल देखिएको छ । समीक्षा अवधिसम्म कम्पनीले ४.१५ प्रतिशतले प्रशासनिक खर्च घटाउदै ६१ लाख १० हजार रुपैयाँमा सीमित पारेको छ । यद्यपी कम्पनीके वित्त खर्च भने ८.६८ प्रतिशतले बढ्दै ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी कम्पनीको चुक्तापूँजी ९६.०८ प्रतिशतले बढेको छ । यो वृद्धिसंगै कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी भने ३७.७९ प्रतिशतले घट्दै ११.७७ रुपैयाँमा सीमित भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?