काठमाडौं । नयाँ सत्ता समीकरणबीच आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक प्रभावित भएको छ।
प्रतिनिधि सभा बैठक फागुन २४ गते सम्मका लागि स्थगित भएको हो । संसद सचिवालयले सूचना जारी गर्दै विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ।

































