National life

प्रतिनिधिसभा बैठक बस्दै: पाँच विधेयक प्रस्तुत हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२२ साउन २०८३, शुक्रबार
1.1kShares
प्रतिनिधिसभा बैठक बस्दै: पाँच विधेयक प्रस्तुत हुने
ncell

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे बस्दैछ। संसद् भवनमा बस्ने आजको बैठकमा चारवटा विधेयक र एउटा संसदीय समितिको प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

संसद् सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन्।

त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नेछन्।

यसैबीच, आजै विभिन्न तीनवटा संसदीय समितिका बैठकहरू पनि बस्दैछन्। बिहान १०:३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञहरूसँग छलफल हुनेछ।

बिहान १०:०० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा कारागार तथा हिरासतमा रहेका कैदीबन्दीको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन पेस गरी छलफल गरिनेछ।

त्यस्तै, बिहान १०:०० बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत्को वितरण लाइन र पोलहरू व्यवस्थापन नहुँदा सडक निर्माणमा भएको ढिलाइका विषयमा छलफल हुने कार्यसूची रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?