काठमाडौं। साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धी देखिएको छ। बिहीबार नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ अंकमा पुगेको हो।
आज बजारमा कुल ३ करोड ४ लाख ३८ हजार कित्ता सेयर करिब १३ अर्ब १६ करोड २२ लाख रुपैयाँमा किनबेच भएका छन्।
यस्तै, आज १७८ कम्पनीको सेयर मूल्य बढ्दा, ८० कम्पनीको मूल्य घटेको र ८ कम्पनीको मूल्य स्थिर रहेको छ।
यी पाँच कम्पनीमा लाग्यो सर्किट :
रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन्नमा १० प्रतिशतले सर्किट लागेको छ भने सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावर ९.९९ प्रतिशतले सर्किट लागेको छ।






























