National life

सेयर बजार सामान्य अंकले बढ्यो, यी कम्पनीमा लाग्यो सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१९ चैत २०८२, बिहिबार
1.2kShares
सेयर बजार सामान्य अंकले बढ्यो, यी कम्पनीमा लाग्यो सर्किट
ncell

काठमाडौं। साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ। बिहीबार नेप्से परिसूचक ५.८२ अंकले बढेर २,७८२.१८ विन्दुमा पुगेको छ।

Royal Enfield
nic asia capital

आज कुल २ करोड १३ लाख १८ हजार कित्ता सेयर ८ अर्ब २१ करोड ९७ लाख रुपैयाँमा खरिदबिक्री भएका छन्। आज ९८ वटा कम्पनीको सेयर मूल्य बढ्दा, १५८ कम्पनीको मूल्य घटेको छ र १२ कम्पनीको मूल्य स्थिर रहको छ।

केही कम्पनीले सर्किट हिट गरेका छन् । रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले १० प्रतिशत, भुजुङ हाइड्रोपावर र सुपर खुदी हाइड्रोपावरले ९.९९ प्रतिशत, होटल फरेष्ट इन्नले ९.९८ प्रतिशतले सर्किटमा पुगेका छन्।

आजको कारोबारमा एसवाई प्यानल सबैभन्दा सक्रिय देखिएको थियो । उक्त कम्पनीकोे ३५ करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अन्य प्रमुख कारोबारमा ङादी ग्रुप पावर, हिमालयन रि इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एपी पावर रहेको छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?