National life
cg eloctronics

धितोपत्र कारोबार संचालन विनियमावली संशोधन, यस्तो छ नयाँ व्यवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२७ चैत २०८२, शुक्रबार
2.2kShares
धितोपत्र कारोबार संचालन विनियमावली संशोधन, यस्तो छ नयाँ व्यवस्था
ncell

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा संशोधन गर्दै पूँजीबजारलाई अझ सक्रिय र लचिलो बनाएको छ।

नयाँ व्यवस्थासँगै सूचीकृत कम्पनीहरूको सेयर मूल्यमा लागू हुँदै आएको सर्किट सीमा तथा प्री–ओपन सेसनसम्बन्धी मापदण्डहरूमा परिवर्तन गरिएको छ । संशोधित नियमअनुसार अब सूचीकृत कम्पनीहरूको सेयर मूल्य दैनिक रूपमा १० प्रतिशतको सट्टा १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ।

त्यस्तै, बिहान १०ः३० देखि १०ः४५ बजेसम्म सञ्चालन हुने प्री–ओपन सेसनमा पनि मूल्यको सीमा पुनः निर्धारण गरिएको छ। अब उक्त समयमा सेयरको मूल्य अधिकतम ५ प्रतिशतसम्म उतारचढाव हुन पाउनेछ। यसअघि सीमित दायरा हुँदा बजार खुल्नेबित्तिकै मूल्य सन्तुलनमा समस्या आउने गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यससँगै नेप्से परिसूचकमा लागू हुने सर्किट ब्रेकर प्रणाली पनि परिमार्जन गरिएको छ । नयाँ प्रावधानअनुसार कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र सूचक ५ प्रतिशतले बढे वा घटेमा १५ मिनेटका लागि कारोबार रोकिनेछ । पहिले भने ४ प्रतिशतको उतारचढावमा २० मिनेटका लागि बजार स्थगित हुने व्यवस्था थियो ।

त्यसपछि पुनः कारोबार खुल्दा परिसूचक ८ प्रतिशतसम्म बढे वा घटेमा सो दिनको बाँकी कारोबार पूर्ण रूपमा बन्द गरिनेछ । यसअघि यस्तो सीमा ६ प्रतिशतमा कायम थियो।

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?