National life

वायू प्रदूषणको प्रभाव: प्रदूषित शहरको सूचीमा काठमाडौँ दोस्रो स्थानमा, मर्निङवाक नजान सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० चैत २०८१, बुधबार
572Shares
वायू प्रदूषणको प्रभाव: प्रदूषित शहरको सूचीमा काठमाडौँ दोस्रो स्थानमा, मर्निङवाक नजान सुझाव
ncell

काठमाडौं । देशको राजधानी काठमाडौं र उपत्यकामा (आज) बुधबार पनि अत्यधिक वायू प्रदूषणको प्रभाव कायम रहेको छ । आइतबारदेखि विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा रहेको काठमाडौं बुधबार भने दोस्रो स्थानमा झरेको छ ।

अत्यधिक वायू प्रदूषणको प्रभावले काठमाडौंको मौसम केही दिनदेखि धुम्मिएको छ। वर्षा नभइञ्जेलसम्म प्रदूषण हट्ने अवस्था छैन।

Royal Enfield
nic asia capital
बुधबार भारतको नयाँदिल्ली विश्वकै प्रदुषित सूचिको पहिलो नम्बरमापरेको छ।

त्यहाँको वायु गुणस्तर एक्युआइ २९४ मापन भएको छ। काठमाडौं दोस्रो सूचीमा रहे पनि प्रदूषणको मात्रा भने मंगलबारको तुलनामा थप बढेको छ। स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यू एअरका अनुसार हिजो काठमाडौंको वायु गुणस्तर २४८ एक्युआई रहेकामा आज बिहान २४९ मापन भएको छ।

२०१ देखि ३०० एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढाउँछ । बिहानको समयमा वातावरण अत्यन्त अस्वस्थकर भएकाले मर्निङवाकमा ननिस्कन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञहरुले सुझाएका छन्।

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?