National life

विश्वको सबैभन्दा प्रदूषित शहरको लिस्टमा काठमाडौँ पहिलो स्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
1.1kShares
विश्वको सबैभन्दा प्रदूषित शहरको लिस्टमा काठमाडौँ पहिलो स्थानमा
ncell

काठमाडौँ । काठमाडौँ उपत्यका फेरि विश्वको सबैभन्दा प्रदूषित शहर मध्येको अग्रणी भागमा रहेको छ ।

उपत्यकाभित्रको वायु अहिले पनि अस्वस्थ रहेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ मौषमविद्हरुको भनाई छ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण तह बढेको छ ।

Royal Enfield
nic asia capital
सोमबार १७६ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको सबैभन्दा बढी प्रदूषित सहरका रूपमा सूचीकृत रहेको छ ।

नेपाल पहिलो स्थानमा १६७ एक्यूआईसहित छ भने चीनको बेइजिङ १६१ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतको कोलकोता १५८ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ । यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।

प्रदूषण मापनमा शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रूपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वास्थ्यकर रूपमा लिइन्छ ।

२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको बायु भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ । काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्य योजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने उल्लेख छ

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?