काठमाडौं । राजस्व संकलनमा फेरी गिरावट देखिएको छ । निरन्तर ओरालो लागेको सरकारी सुचांक केही तंग्रिने आवश्वासनहरु व्याप्त भईरहेकै बेलामा सरकारको राजस्व संकलनमा गिरावट देखिएको हो । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा लक्ष्यभन्दा सवा दुई खर्ब रुपैयाँले राजस्व संकलनमा गिरावट आएको हो ।
अहिले फागुन महिनासम्मको आँकडा हेर्दा पूँजीगत खर्च २६.८९ प्रतिशत मात्रै भएको अवस्था छ ।
यता महालेखा नियन्त्रकले पनि ६ खर्ब ३९ अर्ब राजस्व संकलन भएको र उक्त तथ्यांक अपेक्षा गरिएभन्दा ४४.९२ प्रतिशत मात्रै रहेको बताएको छ । सरकारको राजस्व संकलनको टार्गेट १४ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ । र, उक्त लक्ष्य चालु आर्थिक वर्षका लागि हो ।
अर्थ मन्त्रालयले पनि पहिलो आठ महिनामा ८ खर्ब ६४ अर्ब राजस्व संकलनको लक्ष्य राखे पनि तोके भन्दा दुई खर्ब २५ अर्ब रुपैयाँको ग्याप देखिएको अवस्था छ ।

































