National life

विषम परिस्थितिकाबीच भन्सार विभागद्वारा १ खर्ब २ अर्ब राजस्व संकलन

दुई प्रमुख उत्तरी नाका बन्द हुँदा पनि भन्सारको राजस्व संकलनमा यस्तो प्रगति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०७ असोज २०८३, बुधबार
357Shares
विषम परिस्थितिकाबीच भन्सार विभागद्वारा १ खर्ब २ अर्ब राजस्व संकलन
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भाद्र ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि विभागलाई ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य तोकिएको छ । सो अनुसार वर्षभरिमा असुल गर्न बाँकी राजस्व रकम ५ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ ।

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई बन्द रहेको विषम परिस्थितिमा पनि सो परिमाणको राजस्व उठेको हो ।

Royal Enfield
nic asia capital

दुई प्रमुख उत्तरी नाका अवरुद्ध भए पनि भन्सार प्रशासनको सक्रियताका कारण भाद्र पहिलो साताभित्रै १ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न विभाग सफल भएको जनाएको छ ।

विभागले आगामी दिनमा बाँकी रहेको ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व असुलीलाई मुख्य प्राथमिकतामा राखेर कार्य अगाडि बढाउने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
357SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?