National life

सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१९ साउन २०८३, मङ्गलबार
807Shares
सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व संकलन
ncell

कर्णाली । जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट रु. एक करोड ३३ करोड राजस्व संकलन गरेको छ ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु. एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व संकलन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलंघन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।

त्यस्तै, आफूखुसी सवारीको स्वरुप परिवर्तन गर्ने चालकलाई कारबाही गरी रु. पाँच लाख ७० हजार राजस्व संकलन गरिएको उनले बताए । प्रहरीले दुई लाख ३१ हजार १३७ जनासँग सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

त्यसैगरी, ९५७ सवारी दुर्घटनामा हुँदा सुर्खेतमा ३७ जनाको ज्यान गएको उनले जानकारी दिए । सवारी दुर्घटना हुनुको प्रमुख कारण तीव्र गति रहेको छ । यस्तै, यान्त्रिक, पैदल यात्री, सडक पूर्वाधार, मौसम र पशुचौपायका रहेको उनको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
807SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?