National life

ज्येष्ठ नागरिकहरुको सम्मानार्थ विज्ञापन गुरु निर्मलराज पौडेलको तीज दर कार्यक्रम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ भदौ २०८१, बुधबार
1.3kShares
ज्येष्ठ नागरिकहरुको सम्मानार्थ विज्ञापन गुरु निर्मलराज पौडेलको तीज दर कार्यक्रम
ncell

काठमाडौँ । मीन भवनमा रहेको नि:सहाय सेवा सदनमा तीजको गीत बज्न थालेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकहरू कोही फुरफुर गर्न र कोही टोलाउन थाले ।

सधैँ जस्तै बिहानको खाना खाने समय उहाँहरूका लागि अन्य दिनभन्दा फरक रहेको थियो जहाँ हालै मात्र हरितालिका तीज पर्वलाई ध्यानमा राखेर सार्वजनिक गरिएको ‘यसपालिको तीज रमाइलो’गीत बजिरहेको थियो ।

गीतकार निर्मलराज पौडेलले यस पटकको तीजलाई भिन्न ढङ्गले मनाउने सन्दर्भमा बुधवार उक्त सेवा सदनका ज्येष्ठ नागरिकहरूसँग तीज मनाउन पुग्नुभएको थियो । त्यस अवसरमा श्री पौडेलले ज्येष्ठ नागरिकलाई आफू र गायिका शान्ति श्री परियारको स्वरबद्ध तीज गीत सुनाउँदै दरमा सामेल हुनुभएको थियो । ‘चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर’ बोलको गीत सुनेर ज्येष्ठ नागरिकहरूको मुहारमा खुसी छचल्किएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस अवसरमा काठमाडौँ महानगर–३१ का वडाध्यक्ष सरोज ढकालले पनि ज्येष्ठ नागरिकहरूका लागि वडाले सक्दो सहयोग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नि:सहाय सेवा सदनले ज्येष्ठ नागरिकहरूलाई आफ्ना परिवारको अभाव हुन दिइरहेको छैन, यो ज्यादै खुसीको कुरा हो र यहाँको व्यवस्थापन निकै लोभलाग्दो छ ।”

सेवा सदनका सह–प्रशासकीय अधिकृत योगेश अधिकारीका अनुसार सदनमा ६५ देखि १०० वर्षसम्मका ३९ जना ज्येष्ठ नागरिकहरू रहनुभएको छ ।

अधिकारीले भन्नुभयो, “यो अवस्थामा उहाँहरूलाई सबैभन्दा खड्किने कुरा भनेकै परिवार रहेछ । हामीले सक्दो गरिरहेका हुन्छौँ तर पनि नौलो मान्छे र केटाकेटी देख्ने बित्तिकै टोलाउने, झ्याम्मिने गर्नुहुन्छ । आँखाबाट बरर आँसु झार्नुहुन्छ ।”गीतकार पौडेलको शब्द र चर्चित गायिका शान्त श्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत केही समयअघि सार्वजनिक भएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?