काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार सोल्टी होटलको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको ५ प्रतिशत बोनस बापतको ४४ लाख २३ हजार ८६४ कित्ता सेयर सूचीकृत भएको छ। अब उक्त बोनस हितग्राही खातामा जम्मा भए पश्चात दोस्रो बजारका लागि योग्य हुनेछ।






























