National life

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०३ चैत २०८२, मङ्गलबार
1.2kShares
नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीका बोनस सेयर सूचीकरण गरिएको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरका सेयर सूचीकृत भएका हुन्।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनसअन्तर्गत १४ लाख ६२ हजार ७१० कित्ता सेयर नेप्सेमा दर्ता गराएको छ।

त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चरको ४० प्रतिशत बोनस बराबर ५१ लाख ३७ हजार ४८९ कित्ता सेयर सूचीकृत गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरले ५ प्रतिशत बोनसअनुसार २ लाख ३० हजार ४१२ कित्ता सेयर सूचीकरण गराएको छ। यी सेयर आजबाटै दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?