National life

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२९ कात्तिक २०८२, शनिबार
887Shares
एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस
ncell

काठमाडौं  । एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेल’लाई झनै रोमाञ्चक बनाउन एनपीएल फ्यान प्याकहरु ल्याएको जनाएको छ । एनपीएलको यो दोस्रो संस्करण अवधिभर ग्राहकहरुले विभिन्न वान टाइम प्याक र रिन्यूवल प्याकहरू खरिद गर्दा प्याकको प्रकार हेरी विभिन्न सेवा, सुविधाहरु बोनस स्वरुप निःशुल्क पाउने छन् ।

एनपीएल फ्यान प्याकहरु शनिबार (कार्तिक २९)बाट लागू हुने र मंसिर २७ सम्म संचालनमा रहनेछ । अफरको सूचीमा समावेश प्याकअनुसार, ग्राहकहरूलाई २५ मिनेट अन–नेट कल (एनसेलबाट एनसेल नम्बरमा कल), ५० मिनेट अन–नेट कल, निःशुल्क टिकटक, निःशुल्क यूट्युब, ७५० एमबी डेटा वा १ जीबी डेटा जस्ता १ दिनका लागि मान्य बोनसहरू उपलब्ध हुनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसको अर्थ ग्राहकहरूले प्याकहरूमा प्राप्त हुने सेवा, सुविधा बाहेक थप बोनसको फाइदा लिन सक्नेछन्।

बोनस सेवा सुविधासँगै, ग्राहकहरूलाई एनसेल एपमार्फत स्पिन एन्ड विनमा सहभागी भई थप बोनस सेवा सुविधा तथा एनपीएलको खेलको टिकट जित्ने अवसर पनि प्राप्त हुनेछ ।

“एनपीएल फ्यान प्याकले क्रिकेटको यो महाउत्सवका बेलामा हाम्रा नेपाली क्रिकेट फ्यानहरूमा अझ बढी ऊर्जा थप्ने विश्वास राखेका छौं,” एनसेलका चीफ कम्सुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने । “क्रिकेटले सबैलाई एकबद्ध बनाउँछ, र हाम्रो एनपीएलमा सहकार्य र यो अफरमार्फत हामी सबैलाई अझ नजिक ल्याउन ल्याउँदै हाम्रो सेवाले सबैलाई जोड्न चाहन्छौं ।” एनसेल यसपटकको एनपीएल दोस्रो संस्करणमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित सहकार्य गरेको छ ।

एनपीएल फ्यान प्याकमा रु. ९९ अनलिमिटेड डेटा, रु. २०० कम्बो, रु. २०० कम्बो रिन्यूवल, सधैं अन ३९९, सधैं अन ३९९ रिन्यूवल, रु. ५९९ होम एन्ड अवे, रु. ५९९ होम एन्ड अवे रिन्यूअल, रु. ९९ अनलिमिटेड अल नेपाल, रु. ९९ अनलिमिटेड अल नेपाल रिन्यूवल, रु. २९९ अनलिमिटेड अल नेपाल र रु. २९९ अनलिमिटेड अल नेपाल रिन्यूवल प्याक गरी ११ वटा प्याकहरु रहेका छन् ।

यी सबै प्याकले प्याकको प्रकार अनुसार निश्चित सेवा सुविधा निःशुल्क बोनसका रुपमा सुनिश्चित गर्छन् । जस्तै, रु. ९९ अनलिमिटेड डेटा खरिद गर्ने ग्राहकले २५ मिनेट अन–नेट कल पाउनेछन् । सधैं अन ३९९ र सधैं अन ३९९ रिन्यूवल प्याक लिने ग्राहकलाई निःशुल्क टिकटक उपलब्ध हुनेछ । त्यस्तै, रु. ५९९ होम एन्ड अवे वा यसको रिन्यूवल प्याक खरिद गर्ने ग्राहकलाई निःशुल्क यूट्युब पहुँच प्रदान गरिनेछ भने रु. २९९ मा उपलब्ध हुने अनलिमिटेड अल नेपाल भ्वाइस प्याक खरिद गर्नेलाई ग्राहकहरुले १ जीबी डेटा बोनस पाउँने छन् । यसरी पाइने बोनस सेवा सुविधाको समयसीमा १ दिनको रहनेछ ।

एनपीएलको दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार (मंसिर १)बाट सुरुभई मंसिर २७ सम्म चल्नेछ । एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यसले खेलकुद र नेपालसँग कम्पनीको अटुट सम्बन्धलाई उजागर गर्दछ ।

 

यो समाचार शेयर गर्नुहोस्
887SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?