National life
cg eloctronics

एनपीएलमा एनसेल आउट, प्रायोजनबाट पछि हट्नुको कारण के?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०९ कात्तिक २०८३, सोमबार
547Shares
एनपीएलमा एनसेल आउट, प्रायोजनबाट पछि हट्नुको कारण के?
ncell

काठमाडौं । आम नेपालीका लागि क्रिकेट मात्र खेल होइन। यो भावना हो, एकताको प्रतीक हो जसले हिमाल, पहाड अनि तराईलाई एउटै मालामा उन्न सफल भएको छ। तेस्रो संस्करणको नेपाल प्रिमिअर लिग (एनपीएल) आजबाट सुरु हुँदै छ । दसैँ अनि तिहार पर्वको छेकोमा आयोजित यो प्रतियोगिताले यसपालि एक किसिमको पर्वकै स्वरूप धारण गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एनपीएलको हावा देशैभर फैलिएको छ। नेपाल मात्र नभई देश विदेशमा बस्ने नेपाली अनि विश्वभरका क्रिकेट प्रेमी तयार छन्। कीर्तिपुर स्थित मैदान झकिझकाउ छ। तर सधैं नेपाली क्रिकेटको छायाँ बनेर साथ दिने एनसेल एनपीएलबाट आउट भएको छ ।

खेलकुद विशेष गरी क्रिकेटमा धेरै अगाडिबाट सहकार्य गर्दै क्रिकेट र नेपाली खेलाडीकोहरुको विकासमा राम्रै लगानी गर्दै आएको एनसेल एकाएक सेलाएको छ । एनसेलले यसअघि पहिलो र दोस्रो सिजनमा पावर्ड बाई पार्टनरका रुपमा क्यानसँग सहकार्य गरेको थियो ।

स्रोतहरूका अनुसार यस वर्ष पनि एनसेल प्रायोजकका रूपमा आउने लगभग पक्कापक्की थियो। तर अन्तिम समयमा कम्पनीले प्रतियोगिताबाट बाहिरिने अप्रिय निर्णय लियो। कम्पनी अहिले कठिन परिस्थितीबाट गुज्रीरहेकोले आफ्नो खर्च कटौती गर्न एनपीएलसँगको सकहार्य टुटाएको हुन सक्ने क्रिकेकका साथै एनसेलसँग नजिक रहदै आएको एक स्रोतले बतायो ।

कम्पनीले हालैमात्र अनलाईन सञ्चार माध्यमहरुमा गर्दै आएको विज्ञापन पनि कार्तिक १ गतेबाट रोकेको छ । टिभी र पत्रपत्रिकामा गरिने विज्ञापन एनसेलले पहिला नै रोकिसकेको थियो । र अहिले व्यावसायिक जगतमा चलेका गाँइगुइलाई आधार मान्ने हो भने एनसेलले साना ठूलो सबै किसिमका व्यावसायिक गतिविधि रोक्न सुरु गरेको छ।

एनसेललाई नेपाली बजारमा राष्ट्रिय प्रायोजक समेत भनेर चिनिन्छ। क्रिकेट, फुटबल, भविबल, गल्फलगायतका खेलमा कम्पनीले राम्रै लगानी गर्दै आएको थियो । विगत दुई दशकको समयमा उक्त बहुराष्ट्रिय कम्पनीले साना ठूलो, प्राय सबैजसो साङ्गीतिक कार्यक्रम होस् वा खेलकुद प्रतियोगिता, मेला महोत्सव होस् वा कर्पोरेट इभेन्टलाई प्रायोजन गर्दै आएको थियो।

तर कम्पनीले दसैँकोबीचमै एकाएक एकपछि अर्को कदम चालेको छ जसको प्रभाव लाखौँ नेपालीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्ने देखिन्छ ।

आखिर के हो त यस पछाडिको कारण? किन एकाएक यस्तो निर्णय गर्न पुग्यो एनसेल? यसको उत्तर नेपाल सरकारसँग गएर ठोक्किन्छ। “पछिल्ला केही महिना देखि कम्पनी आफ्नै अस्तित्व कसरी जोगाउन भन्ने तनावमा छ । पटक-पटक दूरसञ्चार प्राधिकरण हुँदै सञ्चार मन्त्रालयदेखि प्रधानमन्त्रीको कार्यालयलाई समेत आफ्नो भविष्य के हुन्छ भन्ने कुरा प्रस्ट पारिदिन आग्रह गर्दै आएको छ,” एनसेल सम्बद्ध एक स्रोतले भन्यो । “तर सरकारले जबरजस्ती कम्पनीको सम्पत्तीमा हक जमाउने तयारी गरिरेहको छ । यस्तो अबस्थामा कम्पनीले कुन मनसायले काम गर्न सक्छ र?”

२०८६ भदौमा एनसेलको २५ वर्षे अनुमति पत्र सकिँदै छ। पछिल्लो सरकारी निर्णयले त एनसेललाई नराम्रो प्रभाव पुर्याएको चर्चा सर्वत्र चलेको छ। गत भदौ महिनामा नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई अब उपरान्त कुनै पनि बैंक वित्तीय संस्थाबाट ऋण नलिन निर्देशन गरेसँगै एनसेल यति बेला सेवा सुधार, विस्तार तथा नयाँ लगानी समेत गर्नबाट प्रभावित हुन पुगेको छ।

नेपालको दूरसञ्चार बजार एक दशक अघि जस्तो अवस्थामा छैन। नेपाल टेलिकम र एनसेलको आम्दानी १०० अर्ब रुपैयाँबाट घटेर ६८ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ। पछिल्लो वित्तीय अवस्थाका अनुसार एनसेलले वार्षिक ३२ अर्ब रुपैयाँ हाराहार कारोबार गर्दै आएको छ। कुनै बेला यो कम्पनीले झन्डै ६० अर्बको कारोबारसमेत गरेको थियो । दूरसञ्चार यस्तो क्षेत्र हो जसमा निरन्तर लगानी गर्नुपर्छ।

एनसेलले आगामी वर्ष झन्डै ५ अर्बरुपैयाँ सरकारलाई लाइसेन्स नवीकरण शुल्कको अन्तिम किस्ता स्वरूप तिर्नुपर्ने छ। प्राधिकरणले ऋण लिन समेत वञ्चित गरेपछि कम्पनीको हातखुट्टा बाँधिएको र उसले बजारमा गर्ने खर्च कटौती गर्ने विकल्प रोजेको हुनसक्ने जानकारहरूले बताउने गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?