National life
cg eloctronics

एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०९ कात्तिक २०८३, सोमबार
357Shares
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण
ncell

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र बेलायतमा रहेका व्यवसायी तथा समाजसेवी उत्तम नेपालले नेपाल सरकारलाई दुई सेट डीएनए किट हस्तान्तरण गरेका छन् ।

उक्त किट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामार्फत संचालनमा ल्याउने तयारी छ । 

सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा आचार्य र नेपालले डीएनए तथा नमुना प्रशोधनका लागि आवश्यक क्यूआइएजीइएन टिस्युलाइजर–३ प्रणालीका दुई पूर्ण सेट परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरे । 

कार्यक्रममा बोल्दै आचार्यले गत २६ अगस्टमा रसुवा, नुवाकोट लगायतका जिल्लामा आएको विनाशकारी बाढीपछि विश्वभरका गैरआवासीय नेपालीहरूले पीडितहरूको सहयोगका लागि लाखौं डलर सहयोग गरेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले उक्त मेसिन नेपालसम्म ल्याउन थुप्रै प्राविधिक र कानुनी समस्याहरु झेल्नुपरेको अनुभव सुनाउँदै भने,‘नेपाललाई सकिने सबै प्रकारले सहयोग गर्नु हाम्रो कर्तव्य हो । डीएनए किट हस्तान्तरण गर्नु संकटको यस घडीमा मातृभूमिप्रतिको सेवाको एउटा उदाहरण मात्र हो।’

आचार्यले नेपालमा डीएनए किट आवश्यक रहेको जानकारी गराएर सम्बन्धित निकायहरूसँग समन्वय गरिदिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणालाई पनि धन्यवाद दिए।

लण्डनस्थित युमी इन्टरनेशनल लिमिटेडका निर्देशक उत्तम नेपालले कठिन परिस्थितिमा नेपाल सरकारलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले आफ्नो परिवारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग रकम पनि हस्तान्तरण गरे।

परराष्ट्रमन्त्री शिशिर खनालले कुल आचार्य र उत्तम नेपाललाई उदार सहयोगका लागि धन्यवाद दिए। उनले भने,‘भिषण वाढीपछि ठूलो मानवीय क्षति भएको र मृतकहरुको शव पहिचान गर्न सबैभन्दा ठूलो समस्या भोगिरहेको अवस्थामा अत्याधुनिक किट प्राप्त गर्नु ठूलो उपलब्धी हो,’

उनले भोटेकोशी–त्रिशूली विपत्तिपछि गैरआवासीय नेपाली समुदायले देखाएको सद्भाव र सहयोगको उच्च प्रशंसा गरे।

मन्त्री खनालले जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासोन्मुख मुलुकले भोग्नुपरेका चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउन पनि गैरआवासीय नेपाली समुदायलाई आग्रह गरे। उनले थप सहयोगका लागि आग्रह गर्दै कानुनी वा नीतिगत समस्याहरु समाधान गर्न मन्त्रालय प्रतिवद्ध रहेको उल्लेख गरे । 

कार्यक्रममा सांसद विदुषी राणाले विदेशमा रहेका नेपालीहरुले देखाएको परोपकारी भावनाको उच्च सम्मान रहेको उल्लेख गर्दै विपतमा रहेको नेपाललाई विश्वभरका नेपालीहरु सहयोग आवश्यक रहेको औंल्याइन् । कार्यक्रममा सरकारका उच्च कर्मचारीहरु, संचारकर्मी र सरोकारवालाहरुको सहभागिता थियो । 

यो समाचार शेयर गर्नुहोस्
357SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?