National life

एनसेल ‘बिज सधैं अन’ ग्राहकका लागि लायन्स्गेट प्ले

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ साउन २०८१, मङ्गलबार
397Shares
एनसेल ‘बिज सधैं अन’ ग्राहकका लागि लायन्स्गेट प्ले
ncell

काठमाडौं । एनसेलले ‘सधैं अन’ प्रतिको प्रतिवद्धता बमोजिम आफ्ना ‘बिज सधैं अन’का ग्राहकहरुलाई उच्च गुणस्तरको कन्टेन्टहरु प्रदान गर्नका लागि लायन्स्गेट प्लेसँग सहकार्यको थालनी गरेको छ ।

लायन्स्गेट प्ले लायन्स्गेट ईण्डिया र स्टार्जबाट पाईने एक प्रिमियम स्ट्रिमिङ सेवा हो । यस प्लेटफर्ममा दर्शकहरुलाई बाँधि राख्ने खालका फ्रान्चाइजी, प्रिमियरहरु लगायता थुप्रै प्रिमियम कन्टेन्टहरुको ठूलो लाईब्रेरी रहेको छ ।

यस सहकार्यको उद्देश्य बिज सधैं अनको सदस्यता लिएका ग्राहकहरूलाई बन्डल सेवाका रुपमा विशेष सामाग्रीहरुमा पहुँच दिएर उनीहरुको अनुभव अभिवृद्धि गर्दै ग्राहक संलग्नता र सन्तुष्टि बढाउनु हो ।

Royal Enfield
nic asia capital
‘बिज सधैं अन’को सुरुवात पश्चात यस प्लेटफर्ममा पहुँच लिईसकेका ग्राहकहरुको प्रतिक्रिया उत्साहजनक रहेको छ ।

“लायन्स्गेट प्ले हाम्रा ‘बिज सधैं अन’का ग्राहकहरुका लागि एकदमै विशेष अफर हो । एक प्रकारले यो एक विशेष टिकट नै हो जसले हाम्रा ग्राहकहरुलाई विश्वको अग्रणी पब्लिकल्ली ट्रेडेड कन्टेन्ट कम्पनीहरु मध्येको एक लायन्स्गेटको वृहद् संग्रहमा पहुँच दिन्छ,” एनसेलका हेड अफ बिजनेश सोलुसन्स् रञ्जन शर्माले भने । “स्ट्रिमिङ पार्टनरका रुपमा लायन्स्गेटसँग सहकार्य सुरु भएपछि हालसम्म हामीले हाम्रा बिज सधैं अनका ग्राहकहरुबाट यस प्लेटफर्मका बारेमा धेरै नै सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौं ।”

लायन्स्गेट प्लेले विभिन्न विधाहरूमा थुप्रै प्रकारका स्वाद र प्राथमिकताका सामग्रीहरूमा पहुँच प्रदान गर्दछ । यसमा हलिउडका हिट फिल्महरु देखि लिएर, टिभी सोहरु, लायन्स्गेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्टहरु, वृत्तचित्रहरु, बालबालिका र पारिवारिक सामाग्रीहरु र विश्वका दर्शकहरुले मन पराउने अन्तरराष्ट्रिय चलचित्रहरु रहेका छन् ।

“विश्वस्तरिय स्ट्रिमिङको अनुभव प्रदान गर्दै एनसेलसँगको सहकार्यमा नेपालमा लायन्स्गेट प्ले ल्याउन पाउँदा हामी हर्षित छौं,” लायन्स्गेट प्ले एसियाका अध्यक्ष, रोहित जैनले भने । “समिक्षकहरूले प्रशंसा गरेका विभिन्न चलचित्र र शृङ्खलाहरू सहित हाम्रो सामग्रीहरुको वृहद् संग्रह देशभरका मनोरञ्जन प्रेमीहरुका लागि मुख्य गन्तव्य बन्ने कुरामा हामी विश्वस्त छौं ।”

लायन्स्गेट प्लेमा पहुँच लिनका लागि एनसेलका ग्राहकहरुले सजिलै आफ्ना सर्भिस प्लानलाई एष्ट्रिक्स१२३ह्यास डायल गरेर वा एनसेल एपमा गई अपग्रेट गर्न सक्छन् । लायन्स्गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र अमेजोन फायरस्टिकमार्फत सजिलै डाउन लोड गर्न सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
397SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?