National life

कांग्रेस र एमालेबीच सत्ता-सहकार्यको लागि नयाँ समझदारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ असार २०८१, मङ्गलबार
454Shares
कांग्रेस र एमालेबीच सत्ता-सहकार्यको लागि नयाँ समझदारी
ncell

काठमाडौं। नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता-सहकार्यको लागि नयाँ समझदारी बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेगरि कांग्रेसले एमालेसँग सत्ता सहकार्यको लागि आज राति अबेर सहमति गरेको हो ।

दुई दलबीच संविधान संशोधन गर्ने विषयमा केन्द्रित रहेर सत्ता सहकार्यको सहमति बनेको एमालेनिकट उच्च स्रोतको दाबी छ । अहिले एमाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा छ ।

Royal Enfield
nic asia capital

एमाले अध्यक्ष ओलीले सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँग नयाँ परिस्थितिको बारेमा जानकारी गराएका थिए । दुई ठूला दल कांग्रेस र एमाले मिलेर देशलाई राजनीतिक स्थायित्व प्रदान गर्नको लागि नवीन समझदारी गरिएको एमालेका एक नेताले जानकारी दिए ।

बालकोटमा नयाँ समझदारी बनेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली शितलनिवास पुगेको स्रोतको दाबी छ ।

 

यो समाचार शेयर गर्नुहोस्
454SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?