काठमाडौँ । नेपाल टेलिकमले रविन्द्र मानन्धरलाई कम्पनीको नयाँ प्रवक्ताको जिम्मेवारी दिएको छ । मंगलबार जारी सूचनामार्फत टेलिकमले मानन्धरलाई आधिकारिक रूपमा प्रवक्ता नियुक्त गरिएको जनाएको हो ।
यसअघि मानन्धर केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा प्रबन्धकका रूपमा कार्यरत थिए । प्रवक्ताका रूपमा नियुक्त मानन्धरलाई ०१–४२१०२०४ (कार्यालय) र ९८५१३७१४१५ (मोबाइल) नम्बरमा सम्पर्क गर्न सकिने छ ।
इमेल ठेगाना nt.spokesperson@ntc.net.np रहेको छ ।

































