काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो ।
सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए ।
सिरोहियाले आफूलाई कार्यालयबाटै पक्राउ गरिएको भन्दै अन्तिमसम्म लड्न तयार रहेको प्रतिक्रिया दिए ।
उनले गृहमन्त्री रवि लामिछानेको दुई वटा पासपोर्ट रहेको भन्दै छानबिन गरी पक्राउ गर्नपनि माग गरेका छन् ।
सो क्रममा गृहमन्त्री लामिछानेविरुद्ध नाराबाजीसमेत भएको थियो । सिरोहियाका समर्थकहरुले ‘गृहमन्त्री रवि लामिछाने मुर्दावाद, प्रहरी दमन मुर्दावाद’ को नारा लगाएका थिए ।

































