काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको बताएका छन् ।
काठमाडौंमा आजदेखि सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रम उद्घाटनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अदालती प्रक्रियामा भएको कुरामा हो–हल्ला गर्न जरुरी नरहेको बताएका हुन् ।
‘यो अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रिया बुझ्याछु मैले। यो बढ्ता हो–हल्ला गर्न जरुरी छैन ।’ प्रधानमन्त्री प्रचण्डले भने।
साथै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रुपमै प्रस्तुत भएको आरोपको पनि खण्डन गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो मान्छेले भन्ने कुरा हो । यो अब अदालती प्रक्रियामा उहाँ निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ।’


































