काठमाडौँ । प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै सर्वोच्चमा परेको १६ वटा रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मासहितको संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश राउतले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।
प्रधानमन्त्रीमा कार्कीको नियुक्तिलाई चुनौती दिँदै अधिवक्ता डा।प्रेमराज सिलवाल, युवराज पौडेल, अधिवक्ता किर्तीनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खडकबहादुर शाहलगायतले रिट दायर गरेका थिए ।
प्रधानमन्त्रीमा कार्कीको नियुक्ति बदर गरिनुपर्ने र प्रतिनिधिसभा पुनर्स्थापना गरिनुपर्ने रिट निवेदकको माग रहेको छ ।

































