काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार आजै पौने ९ बजे कार्कीलाई सपथ गराउने तयारी भएको छ ।

































