National life
cg eloctronics

धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि पुरानै प्रक्रिया यथावत राख्ने अल्पकालीन आदेशलाई सर्वोच्चद्वारा निरन्तरता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ असार २०८१, शुक्रबार
597Shares
धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि पुरानै प्रक्रिया यथावत राख्ने अल्पकालीन आदेशलाई सर्वोच्चद्वारा निरन्तरता
ncell

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन आदेशलाई नै निरन्तरता दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले गत असार १८ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले धितोपत्र बोर्डको अध्यक्षका एक उम्मेद्वार सन्तोषनारायण श्रेष्ठले दिएको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै पुरानो प्रक्रिया रद्द नगर्न सरकार र सम्बद्ध सरोकारवालाको नाममा अल्पकालीन अन्तरिम आदेश दिएका थिए ।

धितोपत्र ऐनअनुसार कम्तीमा तीनजनाको नाम अध्यक्षका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, पहिलो चरणको छनोटमा परेका पाँचजनामध्ये तीनजना कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामा उपस्थित नभएपछि सिफारिस समितिले गत शुक्रबार अध्यक्ष चयन प्रक्रिया रद्द गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले भने अध्यक्ष चयनका लागि फेरि सिफारिस समिति गठन गरिसकेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?