National life
cg eloctronics

नबिल बैंक र नेपाल इन बिजनेश ग्रोथ अड्भाइजर्स बीच साझेदारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|११ मंसिर २०८२, बिहिबार
1KShares
नबिल बैंक र नेपाल इन बिजनेश ग्रोथ अड्भाइजर्स बीच साझेदारी
ncell

काठमाडौँ । नबिल बैंक र नेपाल इन बिजनेश–ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउने उद्देश्यले रणनीतिक साझेदारी सम्पन्न भएको छ। साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र एनआइबी–जिए कार्यक्रमका प्रमुख रतिस बस्न्यातले हस्ताक्षर गरेका छन्।

उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट कार्यालय (एफसिडिओ)ले एनआइबी–जिएमार्फत ४० वटा साना तथा मझौला उद्यमलाई ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउण्ड) अनुदान उपलब्ध गराउनेछ। यस अनुदान सहयोगले उद्यमीलाई उत्पादन र सेवा विस्तार गर्दै निर्यात उन्मुख उद्यमका रूपमा विकास गर्न मद्दत पुर्‍याउने जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नबिल बैंकका सिइओ ज्ञवालीले भने, “यसप्रकारका अभियानले साना तथा मझौला उद्यमीको मनोबल बढाउन सहयोग पुग्छ। परियोजना साना तथा मझौला उद्यमको विकासमा उद्यमी र नीति निर्मातासँग नजिक रहेर काम गर्ने उद्देश्यले तयार पारिएको हो। परियोजनाअन्तर्गत नबिल बैंकले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङको सुविधा उपलब्ध गराउन सक्नेछ।”

एनआइबी–जिए कार्यक्रमका प्रमुख बस्न्यातले परियोजनामा व्यवस्थित र पारदर्शी तरिकाले अनुदान व्यवस्थापन गर्न लागेकामा नबिल बैंकप्रति आभार व्यक्त गर्दै भने, “यस प्रकारको सहकार्य अन्य परियोजनामा पनि लागू गर्न सकिन्छ। सरकारले पनि पुँजीगत खर्चको प्रभावकारिता बढाउन यस प्रकारका ढाँचा अपनाउन सक्छ।”

साझेदारीअनुसार नबिल बैंकले कार्यक्रमको वित्तीय साझेदारको रूपमा उद्यमीलाई अनुदान वितरण गर्नेछ। बैंकले सबै साझेदार संस्थाका लागि सुरक्षित, पारदर्शी र प्रभावकारी वित्तीय व्यवस्थापन सुनिश्चित गर्ने जनाएको छ। एनआइबी–जिए कार्यक्रम अनुदान र प्राविधिक सहायता प्रदान गरी साना तथा मझौला उद्यमलाई सुदृढ बनाउने र दिगो, उत्पादनशील रोजगारी सृजनामा केन्द्रित रहेको बैंकको भनाइ छ।

एनआइबी–जिए पाँच वर्षे परियोजना हो। यसमा बेलायतको यूके इन्टरनेशनल डेभेलप्मेन्टबाट वित्तीय सहयोग प्राप्त भएको छ भने डिएआई ग्लोबल यूकेले परियोजना कार्यान्वयन गर्दै आएको छ। नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। बैंकले देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?