National life
cg eloctronics

डा. शर्माद्वारा डोल्पाबाट एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा

एकै दिन दुई हजारले गराए स्वास्थ्य परीक्षण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१३ मंसिर २०८३, आइतबार
301Shares
डा. शर्माद्वारा डोल्पाबाट एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा
muktinatha bikash bank

डोल्पा । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनील कुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई लक्षित गरी एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका छन्।

डा. शर्माले डोल्पाबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका विभिन्न ६ वटा विधामा अध्ययन गर्न काठमाडौं मेडिकल कलेज (केएमसी), काठमाडौं र नोबेल मेडिकल कलेज, विराटनगरमार्फत छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका हुन्। कर्णालीका दुर्गम बस्तीमा निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउने अभियानअन्तर्गत शुक्रबार दुनैमा आयोजित स्वास्थ्य शिविरका क्रममा उनले छात्रवृत्ति घोषणा गरेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

स्वास्थ्य सेवासँगै शिक्षामा पनि विपन्न समुदायको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै आएका शर्माले शिविरमा सहभागी हुन नसकेका थप १०० जनाको केएमसीमा निःशुल्क उपचार गर्ने र पाँच जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेका छन्। त्यस्तै, काठमाडौंमा उपचारका लागि आउने बिरामीलाई पाँच लाख रुपैयाँ बराबरको औषधि आफ्नै खर्चमा खरिद गरेर उपलब्ध गराउने प्रतिबद्धता पनि उनले जनाएका छन्। आर्थिक अवस्था कमजोर भएका र काठमाडौंमा उपचारका क्रममा खानाको व्यवस्था गर्न नसक्ने बिरामीलाई अस्पताल भर्ना भएको दिनदेखि डिस्चार्ज नभएसम्म खानाको व्यवस्था पनि गरिदिने उनले बताएका छन्।

everest bank

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी) को समन्वयमा सञ्चालित शिविरमा एकै दिन करिब दुई हजार नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा तथा चिकित्सकीय परामर्श लिएका छन्। भौगोलिक विकटता र आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा बिहानैदेखि महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत विभिन्न उमेर समूहका सर्वसाधारणको उल्लेख्य भीड लागेको थियो। डा. शर्माको स्वागतका लागि पनि ठूलो संख्यामा सर्वसाधारण तथा नेता–कार्यकर्ता उपस्थित भएका थिए।

शिविरमा सहभागी हुन कतिपय सर्वसाधारण तीन–चार दिनसम्म पैदल हिँडेर दुनै पुगेका थिए। डा. शर्माले शिविरमा आएका सर्वसाधारण तथा बिरामीसँग प्रत्यक्ष भेटेर उनीहरूका स्वास्थ्य समस्या र उपचारका क्रममा भोग्नुपरेका कठिनाइबारे जानकारी लिएका थिए। कर्णाली प्रदेशमै उपचार सम्भव नभएका बिरामीको पहिचान गरी काठमाडौं ल्याएर उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको उनले बताए।

डोल्पाका नागरिकले स्वास्थ्य सेवाका लागि भोग्नुपरेको कठिनाइप्रति राज्य गम्भीर हुनुपर्ने उल्लेख गर्दै उनले सरकारले डोल्पाको सडक तथा यातायातको अवस्थाबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताए। डोल्पाली नागरिकको पक्षमा आवश्यक काम गर्न उनले राज्यलाई आह्वानसमेत गरे। दुर्गम क्षेत्रका नागरिकले सामान्य उपचारका लागि समेत तीन–चार दिन पैदल हिँड्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको उपचारका लागि आफू जस्तोसुकै योगदान दिन तयार रहेको शर्माको भनाइ थियो।

शिविरमा १०३ जनाको ईसीजी, १६३ जनाको प्रयोगशाला परीक्षण, ३४९ जनाको भिडियो एक्सरे र २०४ जनाको इको परीक्षण गरिएको थियो। त्यस्तै, २७ जनाको दाँत निकालिएको छ भने थप उपचार आवश्यक देखिएका ८२ जनालाई केएमसीमा रिफर गरिएको छ। अन्य सहभागीले पनि आवश्यकताअनुसार विभिन्न रोगको परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट परामर्श लिएका थिए।

केएमसीमा रिफर गरिएका बिरामीको मिर्गौला प्रत्यारोपण र ओपन हार्ट सर्जरीबाहेक अन्य सबै प्रकारका शल्यक्रिया निःशुल्क गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ। यद्यपि, काठमाडौंमा उपचारका लागि आउने बिरामीलाई पाँच लाख रुपैयाँ बराबरको औषधि आफ्नै खर्चमा उपलब्ध गराउने र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई अस्पताल भर्ना भएदेखि डिस्चार्ज हुँदासम्म खानाको व्यवस्था गरिदिने डा. शर्माले प्रतिबद्धता जनाएका छन्।

स्वास्थ्य सेवासँगै चिकित्सा शिक्षामा पनि सहयोग गर्दै आएका डा. शर्माको स्वामित्वमा रहेका केएमसी र नोबेल मेडिकल कलेजमार्फत असहाय, आदिवासी, दलित तथा विपन्न परिवारका एक हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएका छन्। छात्रवृत्तिमा अध्ययन गरेका कतिपय विद्यार्थी अहिले चिकित्सक, ल्याब टेक्निसियन, रेडियोग्राफर तथा नर्सका रूपमा स्वास्थ्य क्षेत्रमा कार्यरत छन्। सीमान्तकृत सन्थाल समुदायका चिकित्सक दिनेश हास्दा र दलित समुदायका ओमप्रकाश विश्वकर्मा छात्रवृत्तिबाट लाभान्वित विद्यार्थीका उदाहरण हुन्।

यसै अभियानअन्तर्गत मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। ती शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, रोग पहिचान तथा चिकित्सकीय परामर्श प्रदान गरिनेछ। थप उपचार आवश्यक पर्ने बिरामीलाई केएमसीमा रिफर गरी उपचार तथा शल्यक्रियाको व्यवस्था मिलाइने आयोजकले जनाएको छ।

दुर्गम तथा आर्थिक रूपमा कमजोर समुदायलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले कर्णालीका विभिन्न जिल्लामा अभियान विस्तार गरिएको हो। केएमसीले यसअघि पनि विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचार तथा शल्यक्रियामा सहयोग गर्दै आएको छ।

‘जनसेवा भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ’ भन्ने मान्यतासहित नागरिकको स्वास्थ्य समस्या पहिचान गर्ने र आवश्यक उपचारका लागि साथ दिने अभियानलाई निरन्तरता दिइने डा. शर्माले बताएका छन्। भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित नागरिकसम्म विशेषज्ञ सेवा पुर्‍याउनु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
301SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?