National life
cg eloctronics

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज बीच ‘विश्वासको नयाँ हातेमालो’

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१३ मंसिर २०८३, आइतबार
346Shares
सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज बीच ‘विश्वासको नयाँ हातेमालो’
muktinatha bikash bank

काठमाडौं। घरका लागि आवश्यक इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) बीच आधिकारिक वित्तीय सहकार्य सुरु भएको छ। ‘विश्वासको नयाँ हातेमालो’ सन्देशसहित अघि बढाइएको यस सहकार्यअन्तर्गत ग्राहकले लागू सर्तअनुसार शून्य प्रतिशत ब्याजदरमा सहज मासिक किस्ता अर्थात् ईएमआई सुविधाको लाभ लिन सक्नेछन्।

एकैपटक ठूलो रकम खर्च गर्नुपर्ने अवस्थालाई सहज बनाउँदै ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार उपकरण खरिद गर्ने अवसर प्रदान गर्नु यस सहकार्यको प्रमुख उद्देश्य हो। नयाँ घर सजाउन, पुराना उपकरण परिवर्तन गर्न वा दैनिक जीवनलाई थप सुविधाजनक बनाउन चाहने ग्राहकका लागि यो सुविधा उपयोगी हुने सीजी इलेक्ट्रोनिक्सको विश्वास छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस सुविधाअन्तर्गत LG, CG, CG Meridia, TCL, Godrej, Beko, Sensei, Midea, BLACK+DECKER, Crompton, Elica, KENT, Burly तथा Goodmans लगायतका ब्रान्डका योजनामा समावेश उत्पादन खरिद गर्न सकिनेछ। टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर तथा भान्सा र घरायसी प्रयोगका विभिन्न उपकरणमा उपलब्ध ईएमआई सुविधाबारे ग्राहकले सम्बन्धित बिक्री केन्द्रबाट जानकारी लिन सक्नेछन्।

‘तुरुन्तै सजिलो ईएमआई, नागरिकता भए पुग्छ!’ भन्ने सन्देशसहित प्रस्तुत यो सुविधाले खरिद प्रक्रियालाई सरल बनाउने लक्ष्य राखेको छ। ग्राहकले आफ्नो नागरिकतासहित नजिकको सीजी डिजिटल शोरुम वा सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलरमा सम्पर्क गरी उत्पादन छनोट तथा वित्तीय प्रक्रियाबारे आवश्यक सहयोग प्राप्त गर्न सक्नेछन्। ईएमआई स्वीकृति तथा अन्य व्यवस्था एचएफएलका लागू सर्तअनुसार हुनेछ।

everest bank

ग्राहकले सीजी डिजिटल शोरुम तथा सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलरमार्फत यस सुविधाको लाभ लिन सक्नेछन्। साथै, पुराना उपकरण साटेर नयाँ उपकरणमा अपग्रेड गर्न चाहने ग्राहकका लागि सीजी एक्स इलेक्स (CG X Elex) मार्फत उपलब्ध एक्सचेन्ज तथा ईएमआई विकल्पबारे पनि जानकारी लिन सकिनेछ।

गुणस्तरीय उत्पादनसँगै सहज खरिद विकल्प उपलब्ध गराउने यस सहकार्यले ग्राहकको घरायसी आवश्यकता पूरा गर्न थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। सीजी इलेक्ट्रोनिक्सले ग्राहकलाई नजिकको सीजी डिजिटल शोरुम वा आधिकारिक डिलरमा सम्पर्क गरी योजनामा समावेश उत्पादन, किस्ता अवधि, डाउन पेमेन्ट तथा लागू सर्तहरूको जानकारी लिएर सुविधाको लाभ उठाउन आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
346SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?